काठमाण्डौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा मूल्य बृद्वि गरेको छ । बिहिबार इन्डियल आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सुची अनुसार निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँका दरले बढाएको हो ।
बढेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जनाएको छ । यसअघि भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले घटाएको थिएन ।
अहिले पनि ग्यासको मूल्य घटेर आएको भए पनि निगमले मूल्य घटाएको छैन ।




















