रोल्पा । रोल्पा नगरपालिका–२ घट्टेखोलामा सवारी दुर्घटना हुदा १५ महिने बालकको ज्यान गएको छ । रा. १ ह ३०२२ नम्वरको अटो आफैँ अन्यिन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अनमोलको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा ज्यान गएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ३ जना उपचार पश्चात डिस्चार्ज घर फर्किएका छन् । भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटना पछि प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहको जनाएको छ ।


