फाईल तस्विर
गोरखा । देशको ३ प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ । चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।





















