×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

वीर अस्पताललाई अर्को सफलता, १४ वर्षपछि सुरु भयो ओपन हार्ट सर्जरी

  •  गोरखा समाचार
  • बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । दोलखाकी २१ वर्षीया सितामाया जिरेल पेट दुखाईको समस्या लिएर वीर अस्पताल पुगिन् । पेट दुखाईसँगै उनलाई श्वासप्रश्वासमा समस्या पनि थियो । उनको अन्य परीक्षणसँगै मुटुको इको पनि गरियो । इको गर्ने क्रममा उनको मुटुमा जन्मजात प्वाल भेटियो । पहिलेदेखि नै श्वासप्रश्वास समस्या हुने गरेपनि उनले खासै ध्यान दिएकी थिइनन् । आफ्नो मुटुमा प्वाल रहेको समस्या उनले २१ वर्षमा आएर थाहा पाइन् ।

    समस्या निदान भएपछि उनको वीर अस्पतालमा ओपन हार्ट सर्जरी मार्फत उपचार भयो । कार्डियोलोजी विभाग प्रमुख चिफ कन्सल्टेण्ट सर्जन डा.किरण श्रेष्ठको नेतृत्वमा जिरेलको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । ओपन हार्ट जर्सरी गर्न वीर अस्पतालका चिकित्सकलाई ३ घण्टा लागेको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा.श्रेष्ठले जानकारी दिए ।

    शल्यक्रियामा संलग्न डा.दीक्षा जोशीले भने, ‘बिरामी पेट दुखाईको समस्या लिएर आउनु भएको थियो । इको गर्दा उहाँको मुटुमा प्वाल रहेको भेटिएको हो । बिरामीलाई २१ वर्षसम्म मुटुमा प्वाल रहेको थाहा थिएन रहेछ ।’

    भदौ ७ गते अस्पताल भर्ना भएकी उनको ९ गते शल्यक्रिया भएको हो । उनको शल्यक्रिया निःशुल्क गरिएको हो । अस्पतालका निमित्त प्रशासकीय अधिकृत डा.भूपेन्द्रकुमार बस्नेतका अनुसार शल्यक्रियापछि ३ दिन आइसीयू, ३ दिन पोस्ट अपमा राखिएर बुधबार डिस्चार्ज गरिएको छ ।

    १४ वर्षपछि ओपन हार्ट सर्जरी
    वीर अस्पतालमा १४ वर्षपछि ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ । दोलखाकी जिरेलको सफल शल्यक्रियासँगै ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको हो । ओपन हार्ट सर्जरी गरिएको यो ९९ औ पटक रहेको डा.श्रेष्ठले जानकारी दिए । यसअघि २००८ मा अन्तिम ओपन हार्ट सर्जरी भएको थियो । वीर अस्पतालमा पहिलो पटक सन् १९९३ मा अष्ट्रेलियन टिमले ओपन हार्ट सर्जरी गरेका थिए । त्यसको ३ वर्षपछि सन् १९९७ मा नेपाली चिकित्सकबाट वीर अस्पतालमा ओपन हार्ट सर्जरी भएको थियो ।

    यसअघि जनशक्ति अभाव र उपकरण बिग्रिएका कारण ओपन हार्ट सर्जरीको सेवा रोकिएको अस्पतालका निमित्त प्रशासकीय अधिकृत डा.बस्नेतले बताए । नयाँ सर्जिकल भवन सञ्चालनमा आएपछि बिग्रिएका पुराना उपकरण मर्मत गरिएको र नयाँ थप गरिएका कारण यो सेवा पुनः सुरु गर्न सकिएको उनले बताए । यो सँगै यसका लागि आवश्यक पर्ने जनशक्ति समेत थप गरिएको छ ।

    डा.बस्नेतले भने, ‘पहिले ओपन हार्ट सर्जरीका लागि आवश्यक पर्ने मेसिन बिग्रिएको थियो । जनशक्ति पनि थिएन । त्यसैले यो सेवा बन्द रह्यो । अहिले बिग्रिएको मेसिन बनाएका छौँ र नयाँ थप पनि गरेका छौँ। आवश्यक जनशक्ति पनि हुनुन्छ । त्यसैले यो सेवा फेरी सुरु गर्न सकेका हौँ ।’

    मुटु सम्बन्धी अन्य सेवा सञ्चालनमै रहेपनि ओपन हार्ट सर्जरी मात्र १४ वर्षपछि सुरु भएको डा.श्रेष्ठले जानकारी दिए । डा.किरणसहित हाल वीर अस्पतालमा ४ जना विशेषज्ञ कार्डियोलोजी विभागमा छन् । लामो समयपछि ओपन हार्ट सर्जरी गरिएकाले गंगालाल ह्रदयरोग केन्द्रका चिकित्सक डा.रवीन्द्रभक्त तिमिलाको टिमले सहयोग गरेको थियो । आगामी दिनमा यो सेवा वीर अस्पतालको प्राथमिकतामा रहेकाले पुनः बन्द हुन नदिने डा.बस्नेतलले बताए ।

    ‘सर्जिकल छुट्टै भवन बनेको छ । ओटिको सेवा पनि बढेको छ । पहिले त ओटी गर्नेको ठाउँ नै अभाव थियो । बीचमा हाम्रो कार्डियोलोजीको टिम नै थिएन । तर अहिले यो टिम बलियो छ’ उनले भने ।

    वीर अस्पतालले आगामी महिनाभित्र क्याथ ल्याब सेवा दिने तयारी समेत गरेको छ । क्याथ ल्याब सेवा सुरु गर्न आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको काम भइरहेको डा.बस्नेतले जानकारी दिए ।

    हाल साताको १ एउटा सर्जरी गर्ने क्षमता रहेपनि आगामी दिनमा साताको २ वटा सर्जरी गर्ने योजना रहेको डा.श्रेष्ठले बताए । कार्डियाक सर्जरीका जनशक्ति हाल अभाव हुँदै गएको उनले बताए । पछिल्लो ३ वर्ष यता वीर अस्पतालमा मुटु रोगमा एमसीएच अध्ययन गर्ने विद्यार्थी खाली नरहेको उनले बताए । मुटु रोगमा एमसीएच गर्ने विद्यार्थीका लागि पनि ओपन हार्ट सर्जरी सेवा पुनः सुरु गर्न आवश्यक रहेको उनले बताए ।

    ‘यो सेवा पुनः सुरु गर्नुको मुख्य २ वटा कारण छन् । एक, नागरिकलाई निशुल्क र राम्रो सेवा दिने र दोस्रो एमसीएच अध्ययन गर्ने विद्यार्थीका लागि पनि हो’ उनले भने ।

    ओपन हर्ट सर्जरीमा डा.किरण श्रेष्ठसहित डा.दिक्षा जोशी, डा.दिनेश चापागाईं, डा.रवीन्द्रभक्त तिमिला (गंगालाल) संलग्न थिए । एनेस्थेसिया टिममा डा.रवीराम श्रेष्ठ, डा.प्रदिपराज वैद्य, डा.सुरेन्द्र भुसाल, डा.एलन अमात्य, डा.रोमन कार्की, डा.आशिष गोविन्द अमात्य (गंगालाल) र डा.स्मृती बज्राचार्य (गंगालाल) सहभागी भएका थिए ।

    यस्तै, कार्डियोलोजी टिममा डा.समीर पौडेल, डा.प्रभा चापागाई, डा.विनायक गौतम, डा.कुञ्जन शेर्पा (गंगालाल), प्रिफ्युजनिष्टमा प्रेमकान्त चौधरी र उमेश खान (गंगालाल) थिए भने नर्सिङ टिममा संगीता श्रेष्ठ, मुना श्रेष्ठ, प्रतिमा आचार्य (गंगालाल), शकुन्तला महत, (गंगालाल) उजेली पछाई, नविता देवकोटा सहभागी भएको बीरको प्रशासनल जनाएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.