चितवन । अविरल बर्षा सँगै नारायणगढ– मुग्लिन सडकखण्डको केराबारीमा पहिरो जादा सडक अवरुद्ध बनेको छ । डाडाँबाट खसेको लेदो सहितको पहिरोका कारण दुवै तर्फको सडक अवरुद्ध भएको हो ।
इच्छाकामना–६ को चारकिलो र भरतपुर २९ स्थित केराबारीमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाएर सडक खुलाउने पहल भइरहेको छ । पहिरोका कारण सयौं सवारी साधान र हजारौं यात्री अलपत्र परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




















