काठमाण्डौं । कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।
तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने अध्यक्ष शर्माले बताए । त्यसका लागि ३ः३० बजे बोर्ड बैठक समेत बोलाएको थियो । तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो ।
बोर्डले आजै मोबाइलबाट नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो । बोर्डले https://neb.ntc.net.np/ मा गएर नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो ।
त्यस्तै आईभीआर सिस्टम अन्तर्गत लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर नतिजा हेर्न सकिनेछ । भने १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।




















