सिन्धुपाल्चोक । जिल्लाको गोवागाङमा बुहारीले ससुराको हत्या गरेका छन् । हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने ८० वर्षीय कामीढिण्डु लामालाई उनकै बुहारी २३ वर्षीया रिता तामाङले हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादमा बुहारी रिताले ससुरा कामीढिण्डुलाई चिर्पट प्रहार गरी हत्या गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चिर्पट प्रहार पछी गम्भीर घाइते भएका कामीढिण्डुको स्थानीय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना लगत्तै ईलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















