काठमाण्डौं । काठमाण्डौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो ।
महानगर प्रमुख बालेन्द्र साह कै अग्रसरता र नेतृत्वमा काठमाण्डौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरीएको चौथो दिन आइतबार भोटाहिटीको अवैध संरचना भत्काउन थालिएको छ ।
अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।




















