गोरखा । महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ । महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ । घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू हामी तपाईलाई भन्ने छौ ।
१) धेरै पानी पिउने
महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ । समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ । साथै, तातो पानी पिउनाले शरीरभरि रगतको प्रवाह बढाउन सक्छ र मांसपेशीहरूलाई आराम दिन्छ ।
२) हर्बल चिया खाने
हर्बल चियामा एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छन् । जसले गर्भाशयमा मांसपेशीको ऐंठन हुनबाट कम गर्न मदत गर्छ । महिनावारीको समयमा अदुवाको चिया पिउनु पनि दुखाइ कम गर्ने एक सजिलो र प्राकृतिक उपाए हो । साथै हर्बल चियाहरूले तनावबाट राहत र निदाउन समेत सहज बनाउ छ ।
३) एन्टी–इन्फ्लेमेटरी खानाहरू खाने
एन्टी–इन्फ्लेमेटरी खानाहरूले रक्त प्रवाहलाई सन्तुलन गरी पेटलाई आराम गर्न मद्दत गर्न सक्छ । जामुन, टमाटर, बेसार, अदुवा वा लसुन जस्ता मसलाहरू खाने गर्नुहोस् । हरियो सागसब्जी, बदाम, माछा, जस्ता चिजले पनि पेट दुखाइ कम गर्छ ।
४) धेरै गुलियो र नुनिलो नखाने
धेरै गुलियो र नुनिलो खाने कुराले रक्तश्राव बढाउछ, जसले मांसपेशीको दुखाइ र पेट दुखाइलाई अझ खराब बनाउँछ । त्यसैले रक्तश्राव भएर पेट दुखेको बेला त्यस्ता खानेकुरा नखाने ।
५) हट ब्यागको प्रयोग गर्ने
तातोले मांसपेशीहरूलाई आराम गर्न, रक्त प्रवाह सुधार गर्न र तनाव कम गर्न मद्दत गर्दछ । हट ब्यागले दुखेको पेटमा सेकाउनुको साथै तातो पानीमा नुहाउने वा तातो पानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुने गर्दछ ।
६) व्यायाम
व्यायामले मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्छ । महिनावारीको समयमा दैनिक १५ मिनेटको हल्का योगा, स्ट्रेचिङ वा हिंड्नु फाइदाजनक हुन्छ ।
७) तनाव कम गर्ने
तनावले दुखाइलाई अझ खराब बनाउन सक्छ । आफ्नो आँखा बन्द गरेर, गहिरो सास लिने गर्नुपर्छ ।
८) धुम्रपान र मद्यपान नगर्ने
धुम्रपान र मद्यपानले दुखाइ बढाउन सक्छ । साथसाथै टाउको दुख्ने, रिस उठ्ने समेत हुन सक्छ ।
९) रातो मासु नखाने
महिनावारीको समयमा शरीरले प्रोस्टाग्ल्यान्डिन उत्पादन गर्छ । प्रोस्टाग्ल्यान्डिनले पाठेघरलाई संकुचित गर्न र दुखाइ बढाउन मदत गर्छ । रातो मासुमा आइरनको मात्रा धेरै हुन्छ, यसमा प्रोस्टाग्ल्यान्डिन पनि उच्च हुन्छ त्यसैले रातो मासु खानु हुन्न ।


