काठमाण्डौं । समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको लागि दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदैछ ।
निर्वाचन आयोगले शुक्रवारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता सुरु गरेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले दिएको ३ दिनको समय सिमा आज सकिदै छ । त्यसैले समानुपातीकमा सहभागी हुने दलहरुले आजसम्म दल दर्ता नगरे सहभागी हुन नपाउने जानकारी दिए ।
आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको छ ।




















