झापा । धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्गा गरेको आरोपमा १ जना पुूरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ चन्द्रबस्ती बस्ने ४० वर्षीय नाइके हस्दा (सत्तार) झापा प्रहरीले पुष्टी गरेको हो ।
नाइकेले आफ्नै श्रीमती ३५ वर्षीया तालामाई हस्दाको धारिलो हतियार प्रहार गरी हत्या गरेको झापा प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका नाइकेले शुक्रबार राति धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका थिए । फरार नाइकेलाई प्रहरीको टोलीले कचनकवल गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।
प्रहरीले घटनाका सम्पन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


