बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीमा निर्मित ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’को उद्घाटन गरेका छन् । बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।
सम्मेलन केन्द्र १ अर्ब ३ करोड लागत बनाइएको हो । २ हजार ७०० जना क्षमताको सम्मेलन केन्द्र ९ विघा क्षेत्रफलमा फैलिएको छ । केन्द्रमा १२ हल गरी कुल १३ हल छन् ।
सम्मेलन केन्द्र उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, सहरी विकासमन्त्री मेटमणि चौधरी, एमाले नेता विष्णु पौडेल, लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत उपस्थित थिए ।
खुला प्रतिस्पर्धाका आधरमा छानिएका उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हो । आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हलमा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्ची जडान गरिएको छ ।


