काठमाण्डौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित बनेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन् ।
‘म कोरोना भाइरसबाट संक्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ उनले भनेका छन् ।
उनले आफू अहिले पहिलो पटक संक्रमित नभएको भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन् । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलोपटक संक्रमित बनेका थिए ।
त्यति बेला उनी झण्डै ३ हप्ता अस्पतालमै बसेका थिए । उनी मात्र नभइ त्यसबेला उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातीनी आराध्या पनि संक्रमित बनेका थिए ।


