×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

बैंकहरूमा फेरि तरलताको चरम संकट : महिना दिनमै खर्बभन्दा बढी निक्षेप घट्यो, ऋण लगानी ठप्प

  •  गोरखा समाचार
  • बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम (तरलता) अभाव अभाव चुलिँदै गएपछि ऋण लगानी ठप्प भएको छ ।

    गत आर्थिक वर्ष २०७८-०७९ भरी तरलता अभाव खेपेका बैंकहरूसँग लगानीयोग्य रकम नभएकै कारण गत वर्ष तोकिएको सीमाभन्दा करीब ६ प्रतिशत कम (१२.९ प्रतिशत)मात्रै कर्जा विस्तार भएको थियो । राष्ट्र बैंकले गत आवमा बैंकहरूलाई १९ प्रतिशतसम्म कर्जा विस्तारको सीमा दिएका थिए ।

    गत आर्थिक वर्षको चैतदेखि घट्न थालेको कर्जा लगानी वैशाख, जेठ, असार र साउनमा हरेक महिना कम हुँदै गएको देखिएको छ । २७ वटा वाणिज्य बैंकले पछिल्लो एक महिनामा जम्मा २ अर्ब ऋण लगानी गरेका छन् । एउटा बैंकले औसतमा जम्मा ७ करोड हाराहारीमा मात्र ऋण लगानी गरेका छन् ।

    पछिल्लो समय बैंकमा बढेको कर्जा मागको तुलनामा यस्तो रकम साह्रै न्यून हो । यो रकममा पनि राष्ट्र बैंकले गत चैतदेखि मासिक रूपमै कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को मासिक विवरण माग्न थालेको थियो ।

    केन्द्रीय बैंकले नियमनमा कडाई गर्ने भनेपछि सीडी रेसियो अधिक भएकालाई थप दबाब परेको थियो । ती बैंकलाई रेसियो मिलाउँदैमा ठिक्क भएकाले उनीहरूले थप कर्जा लगानी गर्नै सकेका थिएनन् ।

    बैंकहरूले गत वर्ष निक्षेपमा सुधार हुने अपेक्षा गर्दा गर्दै तरलता अभावका कारण दबाबै दबाबका बीच पनि ४ खर्ब १७ अर्ब निक्षेप संकलन गरेर ५ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

    गत वर्ष निक्षेप अभावकै कारण खुम्चिएर बसेका बैंकहरूको अवस्थामा यो वर्ष साउनदेखि सुधार हुने अपेक्षा थियो । बैंकहरूमा चालू आर्थिक वर्षको साउनदेखि नै अपेक्षा अनुसार निक्षेप आएन । बैंकहरूको भएकै निक्षेप पनि एकै महिनामा १ खर्ब ८ अर्ब रुपैयाँले घटेपछि तनाव बढेको हो ।

    जसका कारण साउन महिनाको चौथो सातासम्म कर्जा विस्तार ठप्प नै रह्यो । बैंकहरूबाट निक्षेप कम हुँदा महिनाभर ठप्प भएको कर्जा प्रवाह साउन अन्तिम साता जम्मा २ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

    विगतको भन्दा फरक प्रवृत्तिमा बैंकहरूबाट निक्षेप बाहिरिएको अवस्थाप्रति आफूहरू जानकार नै रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताएका छन् ।

    उनले भने, ‘बैंकहरूमा निक्षेप नभएकै कारण माग अनुसार कर्जा प्रवाह गर्न सकिएको छैन ।

    अहिले बैंकहरूले कर्जाको माग धान्नै नसक्ने गरी बढी रहेको छ । राष्ट्रिय वाणिज्य बैंकमा मात्रै अहिले करीब २० अर्ब रुपैयाँ कर्जाको माग छ ।’

    माग अनुसार कर्जा दिन सक्ने अवस्था अहिले कुनै बैंकको पनि नरहेको उनले बताए ।

    ऋणको माग अरू बैंकहरूमा पनि बढेको छ । यस्तो माग आउनु अर्थतन्त्रका लागि सकारात्मक भएपनि अहिले दिन सक्ने अवस्था नै नहुनुचाहिँ प्रमुख समस्या भएको बुझाइ श्रेष्ठको छ ।

    साउन महिनामा ३ वटा बैंक (सेञ्चुरी, नबिल र नेपाल बैंक) ले तोकिएको कर्जा निक्षेप (सीडी रेसियो) को सीमा नघाएका छन् । यी बैंकले निक्षेप बढाउने, विदेशी ऋण ल्याउने सहितको उपायबाट कर्जा क्षमता नबढाएसम्म थप लगानी नै गर्न नपाउने भएका छन् ।

    पछिल्लो समय आर्थिक वर्ष सकिने समय तथा गत वैशाखमा निर्वाचनका कारण खर्च बढ्ने र बैंकहरूमा ह्वारह्वारर्ती तरलता आउने अनुमान गरिएको थियो । त्यो अनुमानभन्दा कम तरलता बैंकहरूमा आएकाले पनि अहिले चालू आवको शुरूआती महिनामा बैंकहरूलाई तरलता अभाव भएको बुझाइ सम्बन्धित बैंकर्सको छ ।

    रेमिट्यान्सको वृद्धि अपेक्षाअनुसार हुन नसकेको, चुनावी वर्ष भएकाले खर्च बढ्दा बैंकमा निक्षेप आउने भन्दा बाहिरिन मात्रै भएको सम्बन्धित बैंकको दाबी छ । बैंकहरूले दिने ब्याजदर बढाउँछन् भन्ने अपेक्षाका कारण पनि बैंकिङ प्रणालीमा पछिल्लो समय पैसा नआएको राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले बताए ।

    बैंकमा निक्षेप नआए कर्जा दिन सक्दैनन् । बैंकले कर्जा प्रवाह गर्न नसको असर बजारमा पर्ने हुन्छ । जसको सोझो असर उत्पादन र रोजगारीमा पर्न सक्छ । एकपछि अर्को क्षेत्रमा पर्ने असरले इको सिस्टममै जस्तै गरी असर पर्न सक्ने बुझाइ श्रेष्ठको छ । तर, अहिलेको अर्थतन्त्रमा देखिएको असर छोटो समयको असर मात्रै हुनसक्ने पनि उनले बताए ।

    बैंकमा निक्षेप नहुँदा कर्जा प्रवाह नहुने र बैंकको नाफामा पनि असर गर्न सक्ने तर्क गर्दै श्रेष्ठले भने, ‘बैंकले नाफा नकमाउने र गर्नैपर्ने खर्च पनि रोक्न नसक्ने अवस्था छ । यसले दीर्घकालीन रूपमा नकारात्मक असर गर्न सक्छ ।’

    सरकारले अर्थतन्त्र जोगाउन आयात निरुत्साहन गर्दा र पछिल्लो समय यसमा योगदान दिने महत्त्वपूर्ण क्षेत्र खुम्चिएर बसेका छन् । यसले समग्र अर्थतन्त्र सुधारका लागि योगदान गर्ने भएपनि सम्बन्धित क्षेत्रमा परेको असर र यसले पार्ने दीर्घकालीन प्रभावको भने लेखाजोखा भएको छैन ।

    बैंकहरूलाई कर्जा निक्षेप अनुपात वाञ्छित सीमाभित्रै कायम गर्न केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिबाटै बैंकहरूलाई निर्देशन दिएको थियो । एक वर्षको समय दिएर लागू गर्नुपर्ने उक्त प्रावधानलाई चालू आवको पहिलो महिनामा बेवास्ता गरेका बैंकहरूलाई कारवाही हुनसक्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

    पोखरेलले भने, ‘यस्तो कारवाही यही नै हुने भनेर कुनै नीतिगत निर्देशन र व्यवस्था छैन । तर केन्द्रीय बैंक नियामक निकाय भएकाले निर्देशन जारी गरेरै कारवाही गर्न पनि सक्छ ।’

    गत वर्ष राष्ट्र बैंकले एक खर्ब रुपैयाँभन्दा बढी रकम बैंकहरूलाई स्थायी तरलता सुविधामार्फत दिएको थियो । केन्द्रीय बैंकले बैंकहरूसँग निक्षेप कम भएको र बैंकहरूलाई दैनिक तरलता अनुपात कामय गर्न पनि यो रकम उपलब्ध गराएको हो ।

    तर, बैंकहरूले लिएको यस्तो रकम भने बैंकहरूले लगानी गर्न पाउँदैनन् । बैंकहरूले विदेशी मुद्रामा ऋण लिन पाउने, ऋणपत्र जारी गर्न पाउने, निक्षेप बढाउन पाउनेसहितको सुविधा छ । सोही सुविधामा आधारित रहेरै बैंकहरूले निक्षेप संकलन गर्ने र स्रोतको व्यवस्थापन गर्नुपर्ने भएपनि त्यसो नगरेका कारण निक्षेप कम भएको देखिएको छ ।

    बैंकहरूमा तरलता अभाव कामय भएकै कारण ऋण लगानी कम भएको र केन्द्रीय बैंकले पनि यो वर्ष जम्मा १२ प्रतिशतको मात्रै कर्जा सीमा दिएको छ । बैंकहरूले भने पछिल्लो एक महिनामा कर्जा विस्तार जम्मा २ अर्ब मात्रै गरेका छन् । मंगलवारसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अधिक तरलता ८ अर्ब रुपैयाँ मात्रै छ ।

    लाेकान्तर

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.