सुनसरी । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १८ बर्ष पछि पक्राउ परेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–५ घर भएका सुरज विश्वकर्मालाई भरौलबाट घटनाको १८ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
१४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भई फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सुरजलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको सुनरी प्रहरीले जनाएको छ ।


