काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या २ हजार ६२८ जनामा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २ हजार ६२८ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा १ हजार ८७९ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ६८८ जना संक्रमित रहेका छन् ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार २२१ जनामा झरेको छ ।


