मनाङ । नेपाल सरकार सूचना तथा प्रशारण विभागले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा ई दिने घुम्ती शिविर सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ मनाङ शाखाको सहकार्यमा विभागले शिविर आयोजना गरेको हो ।
मनाङमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि तालिम दिने उद्देश्यले विभागको टोली मनाङ आइपुगेको छ । शिविरमा पत्रकार नयाँ परिचयपत्र र अनलाइन मिडियाको दर्ता र नविकरण सेवा दिइने छ ।

हिमाली जिल्लाका पत्रकारहरुका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम पनि आयोजना गरिएको विभागले जनाएको छ ।
कार्यक्रम सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल, प्रशिक्षक पत्रकार तुलाराज अधिकारी र विभागका शाखा अधिकृत बसन्तवहादुर खत्री लगायतका प्राविधिक टोली सहभागी छन् ।
उद्घाटन कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघ मनाङ शाखाका अध्यक्ष नविन लामिछानेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आचार्यले उद्घाटन गरेका थिए । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा ३५ जना पत्रकारको सहभागीता रहेको छ ।
तालिममा पत्रकार तुलाराज अधिकारीले सहजीकरण गरेका छन् । पत्रकारहरुका लागि घुम्ती शिविर आज सकिएछ भने, पत्रकारहरुको क्षमता विकास तालिम बुधबारसम्म चल्ने पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछानेले बताए ।


