काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ६५८ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ६ हजार ६४३ जनाको नमूना परिक्षणका क्रममा सोमबार थप ६५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका मध्ये ३ हजार ३८१ जनाको पिसिआर गर्दा ४०५ जना र ३ हजार २६२ जनाको एन्टिजेन परिक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ४४ हजार ९४० जना पुगेका छन् ।
सोमबार नै देशैभर गरी थप ४५६ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७९ हजार ३५७ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९९३ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४ हजार २९६ जना सक्रिय संक्रमत रहेका छन् ।




















