काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या २ हजार ८७० जनामा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २ हजार ८७० जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ९१ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ७१२ जना संक्रमित रहेका छन् ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार २९६ जनामा झरेको छ ।




















