काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको गए राती निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो ।
भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल भर्ना भरिएको थियो ।
गिरिलाई केही दिनमा निमोनिया देखिएको र झनै फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।
कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै गिरिको शनिबार साँझ ९ः३० बजे निधन भएको जानकारी दिएको छ ।
उनको पार्थिव शरीरलाई आज आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिने नेपाली काँग्रेसले जनाएको छ ।
विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र त्यस पछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने कार्यक्रम तय भएको सचेतक मीनबहादुर विश्वकर्माले बताए ।
photo copy by onlinekhabar




















