काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २९९ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ४ हजार ३३७ जनाको नमूना परिक्षणका क्रममा शनिबार थप २९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये १ हजार ६७० जनाको पिसिआर गर्दा १८० जना र २ हजार ६६७ जनाको एन्टिजेन परिक्षण गर्दा ११९ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ४३ हजार ९९६ जना पुगेका छन् ।

शनिबार नै देशैभर गरी थप ५७७ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७८ हजार ४२२ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९९२ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४ हजार ६२५ जना सक्रिय संक्रमत रहेका छन् ।




















