काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ४१ जनामा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ४१ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार २०४ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा ७६६ जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ जनामा झरेको छ ।


