फाईल तस्बिर
काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत गिरीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
क्यान्सर पिडित गिरीको अवस्था अन्तिम चरणमा रहेको अस्पतालका एक चिकित्सले बताए । उनका अनुसार गिरीको अवस्था गंभिर छ ।
अहिले अस्पताल प्रशासनले गिरीलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन । गिरी घाँटीको क्यान्सरसम्बन्धी समस्याबाट ग्रसित छन् । गिरीलाई केही दिनयता निमोनियाले समेत च्यापेको कारण उनको अवस्थामा गंभिर भएको अस्पताल स्रोजले जनाएको छ ।
एकमहिनादेखि उपचारत गिरीले यसअघि भारतमा समेत उपचार गराएका थिए ।


