काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आजको बैठकले पनि पदाधिकारी टुंगो लगाउन नसके पछि स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ ।
आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा छलफल हुदा पदाधिकारी टुंगो नलागेकोले बैठक बिना निष्कर्ष सकिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
‘कैठकमा पदाधिकारीको विषय, कार्यक्रमका बिषयमा गम्भीर छलफल भएको थियो । तर, पदाधिकारीको चयनकै विषय लिएर पुनः ‘भोलि १ः०० बजे फेरि बैठक बस्ने गरी आज टुंगिएको छ । प्रबत्ता महराका अनुसार छलफल लगभग टुंगिएको भोली सबै निर्णय हुने जानकारी दिए ।
माओवादीले गत पुसमा महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकिरहेको छैन ।


