काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५४२ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ४ हजार ९३० जनाको नमूना परिक्षणका क्रममा बिहीबार थप ५४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।

बिहीबार संक्रमण देखिएका मध्ये २ हजार ८२ जनाको पिसिआर गर्दा २२४ जना र २ हजार ८४८ जनाको एन्टिजेन परिक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ४३ हजार ७४ जना पुगेका छन् ।
बिहीबार नै देशैभर गरी थप ४२१ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७७ हजार ३५८ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार २६५ जना सक्रिय संक्रमत रहेका छन् ।




















