काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ४८२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ४८२ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ५५३ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ८३६ जना संक्रमित रहेका छन् ।
नेपालमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २६५ जनामा रहेका छन् ।


