काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ८५२ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ६ हजार ३८३ जनाको नमूना परिक्षणका क्रममा बुधबार थप ८५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।

बुधबार संक्रमण देखिएका मध्ये ३ हजार ८७६ जनाको पिसिआर गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परिक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ४२ हजार ५३२ जना पुगेका छन् ।
बुधबार नै देशैभर गरी थप ३२८ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७६ हजार ९३७ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ४६२ जना सक्रिय संक्रमत रहेका छन् ।




















