काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ६०३ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ६०३ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ६३२ जना, भक्तपुरमा १११ जना र ललितपुरमा ८६० जना संक्रमित रहेका छन् ।
नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ जनामा पुगेको छ ।


