काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ४३८ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ४३८ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ५३४ जना, भक्तपुरमा ५५ जना र ललितपुरमा ८४९ जना संक्रमित रहेका छन् ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २५९ जनामा झरेको छ ।


