×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रदेश खेलकुद गण्डकी द्वारा छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

    परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् । ‘हामीले पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित सोझो छनोट गर्ने छौं भने २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरेका छौं’, उनले भने ।

    परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनोट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन हुनेछन् । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् । विशेष प्रशिक्षणबाट आवश्यक खेलाडीहरु छनोट गरिने परिषदले जनाएको छ ।

    यसै गरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुने परिषद्ले तय गरेको छ । विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको संयोजक क्षेत्रीले जनाएका छन् । भदौ १५ गते भव्य कार्यक्रमका विच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘व्राण्डिङ’ गरी अघि बढाइने परिषदले तयारी थालेको छ ।

    ‘हामीले यो छनोट प्रतियोगितालाई ‘स्टेट गेम्स’को रुपमा व्राण्डिङ गर्ने गरी तयारी गर्दैछौं, चाहे राष्ट्रिय खेल होस वा नहोस हामी हरेक वर्ष प्रदेशकै वृहद् प्रतियोगिताको रुपमा अघि बढ्ने छ’, संयोजक क्षेत्रीले भने–‘यो प्रदेश छनोट खेल हाम्रो लागि नयाँ समेत हो, हामी नयाँ संरचनामा आइसके पछि यसलाई खेलकुदको विशेष पर्वका रुपमा अघि बढाउने मात्रै नभई आगामी वर्षहरुका लागि समेत तयारी गरी अघि बढ्ने खुट्किलो समेत हो ।’ भदौ १५ गते देखि सुरु हुने अन्तिम छनोट खेलमा २२ खेलका ३ हजार भन्दा बढि खेलाडीहरु पोखरा आउने छन् ।

    आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद पोखरामा ३९ वर्ष पछि हुँदैछ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिव ८ हजार खेलाडी पोखरा आउने छन् । गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सय भन्दा वढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म आवाशिय सुविधा सहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषद्ले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.