सन्दर्भ तस्बिर
सल्यान । सल्यानको चम्फुटाकुरामा रक्सीले मातेका १ पुरुषले ३ जना आफन्त माथि एसिड प्रहार गरेका छन् । एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
रक्सीले मातेको बेचेले लेनदेनको विषयलाई लिएर विवाद हुदा एसिड प्रहार गर्दा आफ्नै पसलमा बसिरहेका सहोदर भाइ समेत ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीहरुको टोलीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको छ ।
घाईते तीनै जना उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



