काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ८८८ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ५ हजार ७३७ जनाको नमूना परिक्षणका क्रममा सोमबार थप ८८८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका मध्ये ३ हजार १५५ जनाको पिसिआर गर्दा ४२७ जना र २ हजार ५८२ जनाको एन्टिजेन परिक्षण गर्दा ४६१ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ४० हजार ८३२ जना पुगेका छन् ।
सोमबार नै देशैभर गरी थप ४७४ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७६ हजार ८३ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९८९ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ३८७ जना सक्रिय संक्रमत रहेका छन् ।



