एजेन्सी । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट १ जना बिद्यार्थीको ज्यान गएको छ । निजी स्कुलको भएको उक्त घटनामा परी ९ बर्षका बालकको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
शिक्षकका लागि राखिएको भाँडाको पानी पिएको भन्दै विद्यालयका १ शिक्षकले कुटपिट गर्दा बाललको शनिबार उपचारको क्रममा ज्यान गएको हो ।
ृउक्त घटना जालोर जिल्लाको सायला गाउँको निजी विद्यालयमा जुलाई २० मा भएको थियो । कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकको अहमदाबादको एक अस्पतालमा उपचार भईरहेको थियो । बालकको मृत्यु पछि गाउँमा द्वन्द्व चर्किन सक्ने भन्दै सरकारी स्तरबाट नै त्यस क्षेत्रको इन्टरनेट सेवा केही दिनका लागि बन्द गरिएको छ ।
मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् । पीडित परिवारलाई मुख्यमन्त्री राहत कोषबाट ५ लाख दिईएको पनि सञ्चार माध्यामहरुले जनाएका छन् ।


