सन्दर्भ तस्बिर
तनहुँ । म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिंगालले चिलेर १ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको पुष्टी गरेको छ ।
बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा अरिगालले चिल्दा कुमाल घाइते भएका थिए । उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।
कुमालको उपचारकै क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।




















