रूकुम । रुकुम पूर्वमा प्रहरीको सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी १ जना प्रहरी जवानको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको जिप दुर्घटनामा भएको हो ।
दुर्घट्नामा २ प्रहरी नायव उपरिक्षक सहित ६ प्रहरी घाइते भएका थिए । गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुनःको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए ।
लु. १ झ ६६० नम्बरको जिप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका छन् ।
दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो । घाइतेहरुको नेपालगञ्जमै उपचार भइरहेको छ ।




















