काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घटेर ३ हजार ६०७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ६०७ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ६३९ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ८९५ जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ जना रहेका छन् ।





















