पर्सा । आफ्नै श्रीमती २३ वर्षीयाको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ ईटियाही टोल बस्ने २६ वर्षीय दिनेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
दिनेशले आफ्नै श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको दिनेश उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।




















