एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङलाई कोरोना संक्रमण भएको छ । किमकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उनलाई ज्वरो आएको बताएका छन् ।
नेता किम जोङ उनले हिजो मात्रै कोभिड–१९ माथि विजय हासिल गरेको घोषणा गरेका थिए ।
झण्डै २ हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गर्नु भएका थिए ।
महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो ।
उत्तर कोरियाले सुरुमा परीक्षण नै नगरि ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । तर, महामारी फैलिएपछि सङ्क्रमण देखिएको बताएको थियो ।


