काठमाण्डौं । कोरोना संक्रमणका कारण आज थप ३ जनाले ज्यान गुमाएका छन् भने ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये ३६१४ नमूनाको पीसीआर गर्दा ४९६ जना र ३०९१ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ ।




















