काठमाण्डौं । नवलपुर चोरमाराका आशिक कुमाल अवैध लागुऔषध सहित काठमाण्डौंबाट पक्राउ परेका छन् । उनलाई काठमाडौं महानगरपालिका–३ नारायणगोपाल चोकबाट प्रहरीले पक्राउ गरेको हो ।
केमालको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ४७ एम्पुल नुर्फिन, ४७ एम्पुल डाइजेपाम, ४७ एम्पुल फेनारगन सहित पक्राउ गरेको प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ । काठमाण्डौंको सुकेधारा बस्ने नवलपरासी तम्सारीया नगरपालिका–४ घर भएका २४ वर्षीय कुमाल लगायत २ जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ लु. ४० प ४१५० नम्बरको मोटसाइकलमा भाग्ने क्रममा आफैं लडेपछि चेकजाँच गर्दा उनीहरुलाई उक्त परिमाणको लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।




















