काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ९३४ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ५ हजार ३५१ जनाको नमूना परिक्षणका क्रममा सोमबार थप ९३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका मध्ये २ हजार ८६२ जनाको पिसिआर गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परिक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ३५ हजार ६७२ जना पुगेको छ ।
सोमबार नै देशैभर थप ४७० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७२ हजार ९६७ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ६८९ जना सक्रिय संक्रमत रहेका छन् ।



