काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ८८० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ८८० जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले आजबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २ हजार ९९१ जना, भक्तपुरमा ९१ जना र ललितपुरमा ७९२ जना संक्रमित रहेका छन् ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ जनामा पुगेको छ ।



