काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घटेर ३ हजार ८८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ३ हजार ८८४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३ हजार १० जना, भक्तपुरमा ९६ जना र ललितपुरमा ७७८ जना संक्रमित रहेका छन् ।
नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या बढेर ५ हजार ६५९ जनामा पुगेको छ ।


