काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ९१२ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ६ हजार ४९१ जनाको नमूना परिक्षणका क्रममा शुक्रबार थप ९१२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये २ हजार ९४१ जनाको पिसिआर गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परिक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ३३ हजार ५२७ जना पुगेको छ ।

शुक्रबार नै देशैभर थप ३७० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७१ हजार ६२० जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९७० जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ७६० जना सक्रिय संक्रमत रहेका छन् ।


