काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बडेर ४ हजार ८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ४ हजार ८ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३ हजार १६९ जना, भक्तपुरमा ९४ जना र ललितपुरमा ७४५ जना संक्रमित रहेका छन् ।
नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या बडेर ५ हजार ७६० जनामा पुगेको छ ।




















