मुग्लीन । मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ । गएराती २ः०० बजे भरतपुर २९ को केराबारीको मौरीखोला पुल नजिकै माथिबाट खसेको लेदोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले सडक विभागसंग समन्वय गरेर पहिरो पञ्छाउने गर्ने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उक्त स्थानमा केही दिन यता पटक पटक लेदो सहित पहिरो खस्न थालेकोले पुर्व सूचना लिएर मात्र सर्व साधारणमा सुरक्षित यात्रा अनुरोध गरेका छन् ।
तस्बिर बिनाेद श्रेष्ठ मुग्लिन


