काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ७६० जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ५ हजार ९२६ जनाको नमूना परिक्षणका क्रममा बिहीबार थप ७६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बिहीबार संक्रमण देखिएका मध्ये २ हजार ५८९ जनाको पिसिआर गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परिक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ३२ हजार ६१३ जना पुगेको छ ।
बिहीबार नै देशैभर थप ३२४ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७१ हजार २५० जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६९ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ६०२ जना सक्रिय संक्रमत रहेका छन् ।



