सन्दर्भ तस्बिर
स्याङ्जा । पुतली बजारको भिपिन डाडाँमा रहेको एक कालिज फर्ममा चितुवा पसेर दर्जनौ कालिज मारिदिएको छ । पुतलीबजार नगरपालिका १३ भिपिनडाँडा रहेको मोहन रोकाले सञ्चालन गरेको मनिस कालिज फर्ममा चितुवाले २०० भन्दा बढी कालिज मारिदिएको स्याङजा प्रहरीले जनाएको छ ।
दिउसोको समयमा पसेको उक्त चितुवाले कालिज माथी आक्रमण गरेर २०० भन्दा बढी कालिज मारिदिदा ९० हजार भन्दा बढीको क्षती भएको छ ।
फर्म भित्र पसेको चितुवालाई नियन्त्रण लिएर बन कार्यालयमा बुझाइएको पनि प्रहरीले जानकारी दिएको छ ।


