साँकेतिक तस्बिर
मुस्ताङ । जिल्लाको तेताङ जंगल बेवारिसे अवस्थामा रहेको बम बिस्फोट हुदा जिम्बु टिप्नका केही ब्यक्तीहरु घाईते भएका छन् । घटना बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ को तेताङ जंगलमा भएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।
विस्फोटमा परी म्याग्दी जिल्ला मालिका गाउपालिका ३ दरवाङ बस्ने वर्ष २५ को दिलिप रोका, वर्ष २३ को सुरेश रोका मगर, वर्ष १९ को टिका बुढा, वर्ष २२ को रेशबहादुर रोका घाईते भएका छन् । उनीहरु सबेलाई शरिरको विभिन्न भागमा बमका छरा्रले लागेर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते सबै खतरा मुक्त भएको पनि प्रहरीले जानकारी दिएको छ । सबैको अहिले अस्पतालमा उपचार भई रहेको छ ।




















