काठमाण्डाैं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ९१५ जनामा संक्रमण पुष्टी भएको छ । देशै भरको विभिन्न प्रयोगशालामा ६ हजार २ जनाको नमूना परिक्षणका क्रममा बुधबार थप ९१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बुधबार संक्रमण देखिएका मध्ये ३ हजार ९१ जनाको पिसिआर गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परिक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ३१ हजार ८५३ जना पुगेको छ ।
बुधबार नै देशैभर थप ३०१ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ७० हजार ९२६ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ४३३ जना सक्रिय संक्रमत रहेका छन् ।



